विपद्मा राज्यको परीक्षा : उद्धार, राहत र जिम्मेवारी
सम्पादकीय । भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीले मुलुक स्तब्ध बनेको छ । रसुवागढीदेखि टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती, त्रिशूली, गल्छी, गजुरी, मलेखु हुँदै मुग्लिनसम्मको नदी तटीय क्षेत्र प्रभावित बनेको यो प्राकृतिक विपद्ले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको प्रारम्भिक विवरणले देखाएको छ । बस्ती, बजार, सडक, पुल, जलविद्युत् आयोजना, विद्युत् प्रसारण संरचना र व्यापारिक पूर्वाधारमा पुगेको […]