• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday

पर्वतमा अन्तरक्रिर्या : विदेशीले देश कब्जा गर्न खोजेकाले सचेत रहन मन्त्री पाठकको आग्रह

बागलुङ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले यतिबेला देश विशम परिस्थितिमा गुर्जिएको बताउनुभएको छ । उहाँले विदेशी शक्तीले विभिन्न बाहनामा देशलाइ अस्थिरतामा धकल्ने र देशनै कब्जा गर्ने मनसायले लागि परेकोले यसबाट सचेत रहन आम नागरिकलाइ आह्वान गर्नु भएको छ ।

सोमवार पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० वडा कार्यालय र पिपलटारी स्वास्थ्य चौकीको समन्वयमा आयोजित राजनितिक दल, जनप्रतिनिधिहरु र सबै सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाठकले देशमा लामो समयको संघर्ष र हजारौको बलिदानबाट संविधान जारी गरि व्यवस्था स्थापना भएर विकास र समृद्धि उन्मुख भएकोमा फेरी अस्थिरतामा देश धकेलिएको बताउनुभयो ।


मन्त्री पाठकले गत भदौ २३ गते जेन्जीहरुले भ्रष्ट्रचार बिरुद्द र सुसासनको माग राखि गर्न खोजिएको आन्दोलन समय परिस्थिति अनुसार जायज भएता पनि उक्त आन्दोलनलाइ बिभिन्न स्वार्थ समुहले घुसपेठ गरि कलिला विद्यार्थीको हत्या भएको बताउनुभयो ।

वडामा कृयाशिल राजनितिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपाका प्रमुख एबम प्रतिनिधि, निर्बाचित जनप्रतिनिधिहरु, पुर्ब जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु लगायतको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सबै राजनितिक दलका प्रतिनिधि हरुले वडाको विकासको लागि सबै दलहरु मिलेर नै काम गरेको र देशको हरेक बिषम परिस्थितिलाइ सहि दिशा निर्देश गर्न एकजुट भएर अघि बढने साझा धारणा राखेका थिए ।

कार्यक्रम वडा अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षता, पिपलटारी स्वास्थ्य चौकी इन्चार्ज राम बहादुर खडकाको सञ्चालन र वडा सचिव नारायण लामिछानेको स्वागतमा सम्पन्न भएको थियो ।