म्याग्दी । म्याग्दी नेकपा एमालेको एघारौ राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट प्रतिनिधित्व गर्ने ६ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
म्याग्दीबाट २ जना खुल्ला, दुइ जना महिला, एक जना युवा र एक जना दलित प्रतिनिधि चयन भएका हुन् ।
खुल्लातर्फ अध्यक्ष बालकृष्ण सुवेदी र पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठ, महिलातर्फ जिल्ला सचिव थमसरा पुन र यसुदा रोका, युवा तर्फ विद्यार्थी नेता प्रकाश पौडेल र दलित तर्फ प्रदेश कमिटि सदस्य खरमाया बिटालु सर्वसम्मत चयन भएको एमालेले जनाएको छ ।