बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–८ सुनारथोकमा पिकअप जीपकोे ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।
आज दिउँसो ढोरपाटनबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज ४९०४ नम्बरको बोलेरो पिकअपले सडक पार गर्दै गरेका स्थानीय अंकित विकका चार वर्षीय छोरा रिकोस विकलाई ठक्कर दिदा मृत्यु भएको छ ।
पिकअपको ठक्करबाट गम्भीर घाइते विकको उपचारको क्रममा बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न बोलेरो पिकअप सहित चालक हिमाल विकलाई प्रहरीले नियन्त्रणमा ल्याएको छ ।