दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा सकिएन
बागलुङ | दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनैतिक सडक चार वर्षमा बल्ल ८० प्रतिश प्रगति भएको छ । हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्षमा कालोपत्रको चरणमा पुगेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माण व्यवसायीले चार वर्षपछि कालोपत्रका लागि बेस बिच्छाउने काम […]