इतिहास रच्दै चिल्ड्रेन लाईफ हिसान गण्डकी फुटसल च्याम्पियन
बागलुङ । चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता–२०८२ अन्तर्गत प्लस–२ समूहको उपाधि बागलुङस्थित चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलले जितेको छ। पोखरा रंगशालामा रहेको बहुउद्देश्यीय आवरण हलमा आइतबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा चिल्ड्रेन लाईफले पोखरास्थित स्टेप बाई स्टेप माध्यमिक विद्यालयलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतिस्पर्धाको चौथो मिनेटमै आयुष पौडेलले गोल गर्दै चिल्ड्रेन लाईफलाई अग्रता […]