पहिरोले बस्ती जोखिममा परेर विस्थापित १२ परिवारलाई निसीखोला गाउँपालिकाद्वारा राहत
बागलुङ । जिल्लाको निसीखोला गाउँपालिकामा अविरल वर्षासँगै आएको पहिरोका कारण घरबास जोखिममा परेपछि विस्थापित भएका परिवारलाई निसीखोला गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाकाले १२ घरपरिवारलाईे राहत सामग्री वितरण गरेको छ । वडा नं ४ चिनारे र वडा नं. ५ चेल्बाङका पहिरो प्रभावित १२ घरपरिवारलाई आइतबार गाउँपालिकाले त्रिपाल तथा खाद्यान्नअन्तर्गत चामल वितरण गरेको हो । […]