• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday

पत्रकार महासंघको स्थापना दिवस र मिडिया मेलाको प्रचार गर्न प्रभातफेरी

  • २०८२ चैत्र १६, सोमबार

बागलुङ । बागलुङमा पत्रकार महासंघको ७१ औं स्थापना दिवस तथा मिडिया मेलाको विषयमा जानकारी दिन प्रभातफेरी कार्यक्रम गरिएको छ ।

नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा प्रभातफेरीसंगै मिडिया मेलाको समेत जानकारी गराइएको थियो । पत्रकार महासंघ बागलुङबाट शुरु भएको पभ्रभातफेरी होटल समित चोक, लोकतान्त्रिक चोक, धौलागिरि चोक, बालमन्दिर रोड, अस्पताल रोड र ऐश्वर्य पार्क हुँदै शाखा कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रभातफेरीमा पूर्वअध्यक्ष, सल्लाहकारहरू, प्रदेश पदाधिकारीहरू, सदस्यहरू, पेशागत संगठनका अध्यक्षहरू, पदाधिकारीहरू, शाखाका पदाधिकारीहरू, सदस्यहरू र पत्रकारहरू सहभागी रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा अविरल र पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो । शाखाको आयोजनामा चैत २० र २१ गते बागलुङ मिडिया मेलाको आयोजना गरेको छ ।

  • २०८२ चैत्र १६, सोमबार