बागलुङका तीन वाम शक्तिको गलकोट वैठक : विगतका कमजोरी सच्याउने प्रतिवद्धता
बागलुङ । २०५१ सालको मध्यावधि निर्वाचनदेखि नै कहिले चुनावी तालमेल, कहिले कुटाकुट र कहिले चाटाचाट गर्दै आएको बागलुङको वाम राजनीति फेरि सहकार्यको मोडमा उभिएको छ । पछिल्लो निर्वाचनको परिणामले दिएको धक्का र केन्द्रदेखि प्रदेशसम्म बदलिँदो राजनीतिक समीकरणबीच नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा बागलुङमा पुनः सहकार्यको आधार खोज्दै एउटै टेबलमा बसेका छन् । […]