दुर्गम गाउँमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण
बागलुङ । बागलुङको सबैभन्दा दुर्गम गाउँ सुकुर्दुङको सरस्वती माध्यमिक विद्यालयमा एकसाथ १२ कोठे सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती माध्यामिक विद्यालय भवन गोर्खा वेलफेयर ट्रस्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको छ । रु. दुई करोड ६८ लाख लागतमा १२ कोठाको विद्यालय भवन तथा आठ वटा शौचालय […]