भदौ पहिलो मंगलबार भैरवस्थानमा हरेलो मेला हुने
बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित भैरवस्थानमा मन्दिर परिसरमा हरेलो मेला लाग्ने भएको छ । भैरवस्थान गुठी व्यवस्थापन समितिको आयोजनामा बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि भदौको पहिलो मंगलबार ‘हरेलो मेला’को तयारी गरिएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र […]