कांग्रेस बागलुङ नगर सभापतिमा तीन जनाको उम्मेदवारी
बागलुङ । नेपाली कांग्रेस बागलुङ नगर सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार भएको मनोनयन दर्तामा नगर सभापति पदमा नारायण पौडेल, आशिक राजभण्डारी र नारायणप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत गीता लामिछानेले जानकारी दिनुभयो । पौडेल नेपाली कांग्रेस बागलुङ नगर समितिका वर्तमान उपसभापति हुनुहुन्छ भने राजभण्डारी वर्तमान सचिव […]