बुर्तिबाङमा शनिबारदेखी दोस्रो ढोरपाटन लायन्स ब्याडमिन्टन कप हुँदै
बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका बुर्तिबाङमा दोस्रो ढोरपाटन लायन्स ब्याडमिन्टन कपको तयारी अन्तिम चरणमा पुगेको छ । शनिबारदेखि बुर्तिबाङमा सञ्चालन हुने प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापन, खेलाडी दर्ता, प्रचारप्रसारलगायतका आवश्यक तयारी पुरा भएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्तिले जानकार दिनुभयो । लायन्स क्लब अफ ढोरपाटन, बागलुङको आयोजनामा हुने प्रतियोगिता बुर्तिबाङ ब्याडमिन्टन कभर्डहलमा सञ्चालन हुनेछ […]