म्याग्दीमा ७२ वर्षीया वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या, नाती पक्राउ
म्याग्दी । बेनी नगरपालिका-२, खबरा दारिमपाँटा निवासी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्। प्रहरीका अनुसार भदौ २२ गते बिहान करिब ११ः३० बजे मनकुमारीलाई उनकी छोरीका छोरा अन्नपूर्ण गाउँपालिका-६, घार निवासी २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि […]