जनमत माविको ४५ औँ वार्षिकोत्सव सम्पन्न
बागलुङ । बागलुङ नगरपालिका–१३ पैयुँपाटा बास्कोटमा हरेको जनमत माध्यामिक विद्यालयको ४५औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सवको मुख्य समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने मुख्य भुमिका नै समुदायको रहेको बताउनु भएको छ । उहाँले शिक्षक अभिभावकको सहकार्यमा विद्यालयको शैक्षिक विकास सम्भव रहेको बताउनु भयो । […]