एकता सहकारीको अध्यक्षमा राजभण्डारी र केसी भिड्ने
बागलुङ । एकता सहकारी संस्था लिमिटेड बागलुङको २७ औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा युवराज राजभण्डारी र एक बहादुर केसीबीच प्रतिस्पर्धा हुने भएको छ । संस्थाका वर्तमान उपाध्यक्ष राजभण्डारी र लेखा सुपरीवेक्षण समितिका संयोजक केसीले आइतवार अध्यक्ष पदमा दावी गर्दै उमेदवारी दर्ता गराएको निर्वाचन समितिको संयोजक काजीगाउँले श्रेष्ठले जानकारी दिनुभयो । […]