भगत सर्वजित विश्वकर्माको १३२ औँ जन्म जयन्ती मनाइयो
बागलुङ । नेपालको दलित आन्दोलनको पहिलो व्यक्ति भगत सर्वजित विश्वकर्माको १३२औँ जन्मजयन्ती मनाइएको छ । भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानको आयोजनामा बागलुङ नगरपालिका वडा नं ७ कालिमाती स्थित विश्वकर्मा माध्यमिक विद्यालयमा रहेको विश्कर्माको शालिकमा माल्यार्पण गरेर मनाइएको हो । बागलुङ नगरपालिका ७ का वडा अध्यक्ष मेघनाथ गैरेले माल्यार्पण गर्दै विश्वकर्माले गरेको दलित आन्दोलनको प्रशंसा गर्नुभयो । […]