बाङ्गेचौर सडकमा चक्काजाम
बागलुङ । मिनी बस व्यवसायीहरुले पार्कीङको विषयलाई लिएर मध्यपहाडी लोकमार्गको बागलुङ पोखरा सडक अबरुद्ध गरेका छन् । बागलुङ नगरपालिका–१ रामरेखा बाङ्गेचौर स्थित लोकमार्गमा चक्काजाम गरेर आज बिहानदेखि सडक ठप्प पारेका छन् । बागलुङ–कुश्मा चल्दै आएका छोटा दुरीका मिनीबसले नयाँ बागलुङ बसपार्क उपल्लाचौरमा जान नसक्ने र ट्राफिक चोकबाटै छुट्नुपर्ने माग राख्दै सडक ठप्प पारेका हुन् । […]