जन्मदिनमा नगरप्रमुखद्वारा कुकुर होस्टेललाई सहयोग
बागलुङ । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले आफ्नो जन्मदिन कुकुर होस्टेलमा पुगेर मनाउनुभएको छ । सामुदायिक तथा छाडा कुकुर व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले दुई महिना यता सञ्चालनमा ल्याइएकोे कुकुर होस्टेलमा कुकुरलाई आवश्यक खाद्यन्न र सरसफाईका सामाग्री हस्तान्तरण गर्नुभएको छ । होस्टेलमा रहेका कुकुरलाई आवश्यक पर्ने चामल, बिस्कुट र सरसफाईका सामाग्री होस्टेलका कर्मचारीलाई हस्तान्तरण गर्नुभएको थियो […]