प्रेमले जितेको २५ वर्ष
बागलुङ । आजभन्दा ठ्याक्कै २५ वर्षअघि बागलुङका एक युवक र युवतीले समाजले कोरेको जातीय घेराभन्दा बाहिर निस्किएर ‘प्रेम’ रोजे । त्यो समय अन्तरजातीय विवाह केवल अस्वीकृत मात्र थिएन, सामाजिक अपराधजस्तै ठानिन्थ्यो । दलित युवाले गैरदलित युवतीसँग विवाह गर्नु भनेको गाउँ–समाज नै तरंगित हुने विषय थियो । परिवार, समाज, प्रशासन, आफन्त—सबै मिलेर सम्बन्ध छुटाउन लाग्ने समय […]