स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण
बागलुङ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको बागलुङ नगरस्तरीय सम्मेलन तथा अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले ग्रामीण क्षेत्रमा स्वास्थ्य स्वयंसेविकाले दिने सेवाले धेरै मानिसको जीवन बचेको बताउनु भयो । उहाँले राज्यले स्वास्थ्य स्वयंसेविकाको व्यवस्था गरेपछि मातृ मृत्युदर र शिशु मृत्युदर कम भएको बताउनु भयो । नगरप्रमुख श्रेष्ठले […]