फलफूलको नर्सरी ब्यवस्थापन सिकाउँदै शीतोष्ण वागवानी विकास केन्द्र
मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले फलफूलको नर्सरी ब्यवस्थापन सम्वन्धी ३ दिने अगुवा कृषक तालिम शुरु गरेको छ । २८ गते शुरु भएर ३० गते सकिने तालिममा शीतोष्ण हावापानी भएका देशभरका १४ जिल्लावाट १८ जना नर्सरीधनी कृषकहरु सहभागी भएका शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । […]