ढोरपाटन जाने पर्यटकलाई हिलाम्मे सडकले सास्ती
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नु परेको छ । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको एक दशक बिति सक्दा पनि स्तरोन्नति हुन नसक्दा पर्यटक र स्थानीयले सास्ती खेप्नु परेको हो । ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङदेखि बोबाङसम्म सडक सहज भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ । […]