नेपालमा बिचौलिया पुँजीवाद हावी भयो : नेता पुन
बागलुङ । नेकपा माओवादी केन्द्रका उप–महासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हावी भएको बताउनुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको आयोजनामा ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै माओवादी नेता पुनले समाजवादी अर्थतन्त्र हाम्रो लक्ष्य भएपनि पुँजीवाद अर्थतन्त्रबाट बिचौलिया अर्थतन्त्रमा पुगेको बताउनुभयो । […]