नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गः पूर्वाधार विकास र इतिहासको सम्मान
सम्पादकीय । नेपालको भौतिक पूर्वाधार विकासमा आज एक ऐतिहासिक अध्याय थपिएको छ । करिब ८० महिनाको लामो प्रतीक्षापछि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सम्पन्न उद्घाटन समारोहले नेपाललाई सुरुङमार्ग युगमा प्रवेश गराएको छ […]