बेनीमा जिपको ठक्करबाट एक बालकको मृत्यु
आदर्श सञ्चार, म्याग्दी म्याग्दीको सदरमुकाम बेनीबजारमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ । मुस्ताङबाट पोखरा जादै गरेको बा २६३४ नम्बरको डिमेक्स हाईलेक्स जिपले बेनी बजारको गणेशटोलमा पर्वतको जलजला गाउँपालिका ७ का ३ वर्षीय रियास सुनासरलाई शनिबार साँझ ठक्कर दिएको थियो । जिपको ठक्करपछि गम्भीर घाईते भएक रियासलाई प्रदेश अस्पताल बेनी पुर्याइएको थियो । […]