राप्रपा नेता टिकाराम सापकोटाको निधन
बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङका नेता तथा सामाजिक व्यक्तित्व टिकाराम सापकोटाको निधन भएको छ । बागलुङ नगरपालिका–४ कुडुलेमा वि.सं. १९९३ भदौ ४ गते जन्मनुभएका सापकोटाको शनिबार बिहान पोखरामा निधन भएको हो । केही समयदेखि अस्वस्थ रहनुभएका सापकोटा पछिल्लो दुई सातादेखि छोरी सीता कोइरालाको पोखरा, प्रस्याङस्थित निवासमा रहनुभएको थियो । उहाँको त्यहीँ निधन भएको […]