म्याग्दी प्रहरीले समात्यो ११८ थान बन्दुक
बागलुङ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंसिर १५ देखि थालेको विशेष अप्रेशन अन्र्तगत एक सय १८ थान बन्दुक नियन्त्रणमा लिएको छ । ११५ भरुवा बन्दुक र ३ वटा बन्दुकको नाल प्रहरीले नियन्त्रणमा लिएको छ । फागुन २१ गते हुने आम निर्वाचनको एकिकृत सुरक्षा योजना कार्यान्वयन अन्तरगत हातहतियार खोजी तथा नियन्त्रणमा प्रहरीले सक्रियता जनाएको हो । […]