नवनियुक्त अस्पताल अध्यक्षको पदभार ‘अस्पतालको सुधारमा सबैसंग समन्वय गर्छु’
बागलुङ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङका नवनियुक्त व्यवस्थापन समितिको अध्यक्ष श्रीप्रसाद शर्माले सोमबार पदभार ग्रहण गर्नुभएको छ । सोमबार आयोजना गरिएको एक कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले नवनियुक्त अध्यक्ष शर्मालाई पदभार गराउनुभएको थियो । पदभार कार्यक्रमपछि बोल्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा गण्डकीले फड्को मारेको बताउदै अस्पतालको विकासमा अध्यक्षको भूमिका उल्लेख्य […]