भगवानका लागि प्रसाद बनाउने डम्मरबहादुर
बागलुङ । बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल विहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अगेनो छ । मन्दिरमा भक्तजन आउन पूर्वनै मल्लले ‘रोट’ बनाउन सुरु गर्नु हुन्छ । मन्दिरमा आउने भक्तजन मल्लको रोट पकाउने अगेनो छेउमै आएर तात्तातो रोट लिएर चढाउन जान्छन् । मल्ल विहानदेखि […]