श्रीमान हत्या आरोपमा श्रीमती सहित तीन पक्राउ
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीको हाँडीकोटमा पदमार्ग निर्माणमा खटिएका श्रीमानको हत्या गरेको आशंकामा श्रीमती सहित तीन जना पक्राउ परेका छन् । हाँडीकोटमा रहेको भ्यूटावर पुग्ने पदमार्ग बनाउन खटिएका लमजुङका ६२ बर्षीय देउ कुमार सार्की सोमबार मृत अवस्थामा फेला परेका थिए । मृतकको शरिरमा चोट लागेको र घटना संकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख […]