स्वास्थ्यकर्मीको निधनपछि तमानखोला गाउँपालिकामा शोक बिदा
बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले गाउँपालिकामा कार्यरत स्वास्थ्य कर्मचारीको निधनपछि शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकामा कार्यरत वरिष्ठ अनमी. इन्द्रा कुमारी बुढाको उपचारका क्रममा वैशाख २२ गते असामयिक निधन भएपछि गाउँपालिका परिवार शोकमा परेको जनाएको छ । गाउँपालिकाले मृतक बुढाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । गाउँपालिकाले उहाँले […]