कुस्मीशेरा–राङखानी–बरेङ सडक कालोपत्र ढिलाइप्रति ध्यानाकर्षण
बागलुङ । बागलुङको कुस्मीशेरा–रुम्टा–देउराली–राङखानी–बरेङ सडक कालोपत्रमा भएको ढिलाईप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ध्यानाकर्षण गरिएको छ । सडक निर्माणमा भएको ढिलासुस्तीका कारण उक्त क्षेत्रका हजारौँ सर्वसाधारणले कष्टकर यात्रा गर्न बाध्य भएको भन्दै सरोकारवालाले पुनः सरकारको ध्यानाकर्षण गराएका छन् । सडक समयमै कालोपत्रे सम्पन्न गर्न माग गर्दै स्थानीयवासीले विगतदेखि नै दबाबमूलक कार्यक्रम तथा धर्ना सञ्चालन गर्दै […]