बागलुङमा डेङ्गु : नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह परिचालन
बागलुङ । सरकारी तथ्याङ्क अनुसार नेपालमै उच्च गतिमा बागलुङ बजारमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी विज्ञ समूह परिचालन गरिएको छ । साउन यता मात्रै बागलुङ जिल्लामा एक हजार ५२७ जनामा डेङ्गु संक्रमण फैलिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा प्रादेशिक रोग नियन्त्रण महाशाखाको समूह बागलुङ बजारमा परिचालन, नमूना संकलन र अध्ययनमा लागेको हो […]