उपल्लो मुस्ताङमा ठूलो संख्यामा भेटिए जंगली गधा
मुस्ताङ। नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङस्थित ढालुङ र सेताराको उच्च लेकमा एकैसाथ ठूलो सङ्ख्यामा दुर्लभ जङ्गली गधा क्याङ देखिएका छन्। समुद्री सतहभन्दा करिब पाँच हजार मिटरको उचाइमा रहेको ढालुङ र सेताराको उच्च लेकमा चरिरहेको अवस्थामा एक सय १६ वटा क्याङ भेटिएका हुन्। कोरला नाकाबाट फर्किने क्रममा जङ्गली गधासम्बन्धी अध्ययन गरिरहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना […]