सिंहदरबार गाउँमा, युवा विदेशमा : रोक्ने योजना खै ?
सम्पादकीय । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपालको सबैभन्दा ठूलो राजनीतिक नारामध्ये एक थियो, ‘गाउँ–गाउँमा सिंहदरबार’ । यो केवल प्रशासनिक अधिकार विकेन्द्रीकरणको नारा मात्र थिएन, स्थानीय जनताले आफ्नै ठाउँमा विकास, सेवा, अवसर र समृद्धि पाउने प्रतिबद्धता पनि थियो । आज देशभर ७५३ स्थानीय तह स्थापना भइसकेका छन् । अधिकांश पालिकाका भव्य भवन बनेका छन्, कतिपय निर्माणाधीन […]