पश्चिम बागलुङमा रास्वपा हाँक्ने पाँच कमाण्डर
बागलुङ । प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला वडा र पालिका अधिवेशनको तीव्र अभियानमा छ । असार लागेसँगै किसान खेतबारीमा झुम्मिएझैँ रास्वपाका नेता–कार्यकर्ता संगठन विस्तार र अधिवेशनको चटारोमा व्यस्त छन् । असारको पहिलो साता चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै रास्वपाले जिल्ला, पालिका र वडा तहमा संगठन सुदृढीकरण, प्रतिनिधि छनोट […]