बागलुङ नगरपालिकाले बुधवार स्थानीय बिदा दिने
बागलुङ । बागलुङ नगरपालिकाले वर्तमान जनप्रतिनिधिहरूले पदभार सम्हालेको चार वर्ष पूरा भएको अवसरमा जेठ ६ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार “विकास र समृद्धिको यात्रामा हाम्रो चार वर्ष” विषयक कार्यक्रम आयोजना गरिने भएकाले उक्त दिन नगरपालिका कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूमा स्थानीय बिदा […]