मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार राती बडिगाड गाउँपालिका–५ जोगीबगरमा पर्ने मध्यपहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ का ३५ वर्षीय किस्मत परियारको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । […]