लायन्स क्लब अफ बागलुङ कालिगण्डकीको अध्यक्षमा संजय श्रेष्ठ
बागलुङ । लायन्स क्लब अफ बागलुङ कालिगण्डकीको वर्ष २०२६/२०२७ का लागि अध्यक्षमा संजय श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ । क्लबले श्रेष्ठको नेतृत्वमा शनिबार नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा प्रकाश केसी, द्धितीय उपाध्यक्षमा सुवास आचार्य, तृतीय उपाध्यक्षमा ध्रुव खड्का, सचिवमा ज्ञान सिंह र कोषाध्यक्षमा कमल पन्त चयन हुनु भएको छ । […]