सुरक्षा गर्ने प्रहरी नै असुरक्षित भवनमा : मालढुंगाको पीडा संसदमा
बागलुङ । बागलुङ जिल्लाको पूर्वी प्रवेशद्वार मालढुंगामा खटिएका प्रहरीको दयनीय बसोबासको विषय संघीय संसदसम्म पुगेको छ । नागरिकको सुरक्षा, शान्ति व्यवस्था र सवारी निगरानीको जिम्मेवारी सम्हालिरहेका प्रहरीहरू स्वयं जीर्ण र असुरक्षित भवनमा बस्न बाध्य भएको विषय प्रतिनिधिसभामा उठाइएको हो । बागलुङ क्षेत्र नं। २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोम शर्माले बिहीबार संसदको विशेष समयमा बोल्दै […]