म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने
म्याग्दी : धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन तीन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न १३२ केभी क्षमताको ‘म्याग्दी कोरिडोर’ प्रसारण लाइन निर्माण थालिएको छ । धवलागिरि गाउँपालिका–४ जेल्तुङदेखि मालिका गाउँपालिका–७ स्थित डाँडाखेत सबस्टेसनसम्म १६।४८ किलोमिटर लामो ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन निर्माण गर्न लागिएको हो । यस कोरिडोरमार्फत कुल १६४।७५ […]